सुगम पोखरेलको कन्सर्टसहित लहानमा सार्वजनिक हुँदै ‘पल्सर एन१२५’

सुगम पोखरेलको कन्सर्टसहित लहानमा सार्वजनिक हुँदै ‘पल्सर एन१२५’

काठमाडौं : बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जेठ ७ गते लहानमा पल्सर एन१२५ को लन्च कार्यक्रम आयोजना गर्दैछ।

चौधरी होटल, लहानमा साँझ साढे छ बजेदेखि हुने संगीतमय साँझमा चर्चित कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछन् र प्रवेश नि:शुल्क हुनेछ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सीसी इन्जिन रहेको छ। यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

यसै अवसरमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले लहानमा एन१२५ लन्च गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।

जेठ ७, २०८२ बुधबार ०९:३०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।