सत्यदिप इन्टरनेसनलद्वारा ‘केज पार्टनर्स मिट २०२५’ सम्पन्न

सत्यदिप इन्टरनेसनलद्वारा ‘केज पार्टनर्स मिट २०२५’ सम्पन्न

काठमाडौं : केज ब्याट्रीको आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलले गत जेठ २ गते चितवनको सौराहामा केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। 

कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले व्यावसायिक सफलता र भविष्यको योजनाबारे जानकारी आदानप्रदान गरे।

सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशकको यात्रा, गुणस्तर र वितरण क्षमता बारे जानकारी दिए।

केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङले केजको ग्लोबल भिजन र उत्पादनको बारेमा बताए भने सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले नेपालमा केजको बजार रणनीति र भविष्यको योजना बारे प्रस्तुतीकरण दिए।

हाल नेपालमा चाइनिज-ओरिजिन ब्याट्रीमा केजको ४० प्रतिशत र दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको छ, जसले यसलाई यस सेगमेन्टमा नम्बर १ बनाएको कम्पनीको दाबी छ।

सन् २००२ मा स्थापित सत्यदिप इन्टरनेसनल नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको वितरक हो। बोस, भालेओ, जेडएफ र केज लगायतका ब्रान्डसँग सहकार्य गर्दै आएको यस कम्पनी रिटेल नेटवर्क, विश्वसनीयता र सेवाका लागि परिचित छ।

जेठ ७, २०८२ बुधबार ०९:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।