सूर्य नेपाल च्यालेन्ज : पहिलाे दिन शुक्र र भुवन शीर्षस्थानमा

सूर्य नेपाल च्यालेन्ज : पहिलाे दिन शुक्र र भुवन शीर्षस्थानमा

काठमाडौं : सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज प्रतियोगिताको पहिलो दिन रोयल नेपाल गल्फ क्लब (पार-६८) मा शुक्र बहादुर राई र भुवन कुमार रोक्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।

उनीहरूले ७-अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए। तेस्रो स्थानमा रहेका दिनेश प्रजापतिलाई उनीहरूले ३ स्ट्रोकले पछि पारे। दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे।

नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २-अन्डर ६६ सहित पाँचौं स्थानमा छन्।

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ सहित शीर्षस्थानमा रहेका छन्।

चार दिने यस प्रतियोगितामा कुल ४७ खेलाडी सहभागी छन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ।

जेठ ७, २०८२ बुधबार ०९:१८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।