पानी जमेको खाल्डोमा डुबेर धनुषामा दुई बालकको मृत्यु, मृतक दुवै दाजुभाइ

जनकपुर : धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुने दुवै बालक दाजुभाइ हुन्।
मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन्।
मंगलबार सडकको छेउमा खनिएको र वर्षाको पानी जमेको खाल्डोमा नुहाउन जाँदा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा खाल्डोमा मृत अवस्थामा तैरिरहेको भेटिएका थिए।
जेठ ७, २०८२ बुधबार ०८:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।