राजस्थानले चेन्नईलाई ६ विकेटले हरायो, १४ वर्षीय वैभवको अर्धशतक

राजस्थानले चेन्नईलाई ६ विकेटले हरायो, १४ वर्षीय वैभवको अर्धशतक

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको छ।

जितका लागि १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

राजस्थानका लागि यशस्वी जैसवालले ३६, कप्तान सञ्जु सामसनले ४१ र १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले।

धुर्व जुरेल ३१ र सिम्रोन हेटमायर १२ रनमा अविजित रहे। चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।

त्यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो।

चेन्नईका लागि आयुष महात्रेले ४३, डिवाल्ड ब्रेभिसले ४२, शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन जोडे। राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३-३ विकेट लिए।

लिग चरणबाट बाहिरिसकेका यी टोलीमध्ये राजस्थानको ८ अंक छ भने चेन्नईको ६ अंक छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।

जेठ ७, २०८२ बुधबार ०७:०९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।