सगरमाथामा आरोहीको भिड, ३ सय ९५ ले गरे आरोहण

सगरमाथामा आरोहीको भिड, ३ सय ९५ ले गरे आरोहण

काठमाडौँ :  वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३ सय ८२ पुरुषसहित ४ सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्।

शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीमा सात जना छन्। विभागका अनुसार यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही नेपाल आएका छन्।

सगरमाथासहित २७ हिमालमा यस यामका लागि १ सय २७ समूहका एक हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ। मौसम अनुकूल भएसँगै गत आइतबार एकैदिन १ सय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।

जेठ ६, २०८२ मंगलबार २२:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।