एक एआइजी र ११ डिआइजी पदमा बढुवाको सिफारिस

काठमाडौं : बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त एक एआइजीसहित ११ डिआइजी पदमा बढुवाका लागि १२ जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा एक जना डिआइजी र ११ जना एसएसपी छन्।
मंगलबार एआइजीको एक रिक्त पदमा बढुवाका लागि डिआइजी सिद्धिविक्रम शाहको नाम सिफारिस भएको छ। रिक्त डिआइजी पदका लागि एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङको नाम सिफारिस भएको छ।
जेठ ६, २०८२ मंगलबार २१:३१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।