मानसिक अस्पताल लगनखेलको निर्देशकमा डा. सुरेश तिवारी नियुक्त

काठमाडौं : डा. सुरेश तिवारी मानसिक अस्पताल लगनखेलको निर्देशकमा नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. अनन्त अधिकारीलाई हटाएर डा. तिवारीलाई निर्देशनको जिम्मा दिइएका हुन्।
डा. तिवारी यसअघि पनि मानसिक अस्पतालमै कार्यरत थिए भने डा. अधिकारी अब भने अस्पतालमै अन्य जिम्मेवारीमा रहने मन्त्रालय स्रोतले जनाएको छ।
स्वास्थ्य मन्त्री नेपालमा हुँदै निर्णय भएपनि सोमबार डा तिवारीलाई निर्देशकको जिम्मेवारीको पत्र दिएको मन्त्रालय स्रोतले जानकारी दियो।
स्वास्थ्य मन्त्री पौडेल हाल जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको कार्यक्रममा छन्।
जेठ ६, २०८२ मंगलबार २१:१७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।