राजेशलाई ‘नरसिंहा: अवतार’को भर, ‘फ्लप’ भए बेइज्जत हुने डर

राजेशलाई ‘नरसिंहा: अवतार’को भर, ‘फ्लप’ भए बेइज्जत हुने डर

काठमाडौं : ८ वर्षअघि 'शकुन्तला' मार्फत सिल्भर स्क्रिनमा कमब्याक गरेका ‘महानायक’ राजेश हमालका लागि त्यो प्रयास खासै फलदायी भएन। त्यसयता उनले कुनै व्यावसायिक नेपाली फिल्ममा अभिनय गरेनन्। 

बरु ‘महानायक’ को ब्रान्ड जोगाउन फिल्मभन्दा डिजिटल मिडिया र सार्वजनिक कार्यक्रममा सक्रियता बढाए: मेला-महोत्सवमा प्रस्तुति, सैलुन उद्घाटन, युट्युब च्यानलमा अन्तरवार्तामा व्यस्त भए।

हमालले सैलुन उद्घाटनदेखि व्यावसायिक आमन्त्रणमा एक लाखभन्दा माथि पारिश्रमिक लिन थाले। उनले फिल्ममा नआए पनि आफूले लाखौं कमाइ गर्दै आएको समेत भन्न भ्याए।

८ वर्षको अन्तरालपछि हमाल फेरि आफ्नै पुरानो विरासत बिउँझाउने तयारीमा छन्। गत चैतमा रिलिज भएको फिल्म ‘वसन्त’मा एक दृश्यमार्फत उनले काँचको पर्दामा पुनरागमन गरे। तर प्रकाश सपुतको ‘वसन्त’ले हलमा दर्शक तान्न सकेन। गायनबाट दर्शकको मन जितेका प्रकाशको यो फिल्मले खासै प्रतिक्रिया नपाएपछि आत्तिएका हमाल अहिले ‘नरसिंहा’ सफल बनाउन सक्रिय देखिन्छन्। हमाल अब पर्दामा ‘नरसिंहा’ अवतारमा देखिन लागेका छन्। 

चलचित्र ‘नरसिंहा’ जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा नीति शाह, सनिशा भट्टराई, राज कटुवाल लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

जेठ ६, २०८२ मंगलबार २१:०७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।