अन्ततः विश्वनाथ बने राष्ट्र बैंकको १८ औं गभर्नर

काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले पहिलो नम्बरमा प्रा.डा. विश्व पौडेल, दोस्रोमा नीलम ढुंगाना तिम्सिना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम मन्त्रिपरिषद् समक्ष पठाएको थियो।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिएपछि राष्ट्र बैंकको गभर्नर पद खाली थियो। दुई महिनादेखि विवादित बनेको नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डिपो गभर्नर नीलम ढुंगानालाई दिएका थिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन्। उनी काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापकसमेत हुन्।
पौडेल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-१ बाट चुनाव समेत लडेका थिए। उनी रास्वपाका हरि ढकालसँग ९ हजार मतान्तरले पराजित भएका थिए।
जेठ ६, २०८२ मंगलबार १९:१०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।