गभर्नर सिफारिस समितिले तीन जनाको नाम पठायो, विश्वनाथ पहिलो नम्बरमा

गभर्नर सिफारिस समितिले तीन जनाको नाम पठायो, विश्वनाथ पहिलो नम्बरमा

काठमाडौं : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाएको छ।

सिफारिस सूचीमा पहिलो नम्बरमा छन् प्रा.डा. विश्वनाथ पौडेल, दोस्रोमा कामु गभर्नर नीलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराई।

सूचीको पहिलो नम्बरमा परेका प्रा.डा. पौडेल नै गभर्नर बन्ने निश्चितजस्तै देखिएको छ। केहिबेरमा सुरू हुने भनिएको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गर्ने छ।

जेठ ६, २०८२ मंगलबार १८:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।