६ पटक 'हेर्न नमिल्ने' मा परेको रविको बन्दीप्रत्यक्षीकरणको रिट आज 'हेर्दाहेर्दै'मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट मंगलबार पनि टुंगो लाग्न सकेन ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि नसकिएकाले मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ।
लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्। यसअघि यो रिट ६ पटकसम्म 'हेर्न नमिल्ने' इजलासमा परेपछि सुनुवाइ हुन सकेको थिएन। मंगलबार मात्र सुनुवाइ थालिएको हो।
पूर्वगृहमन्त्री लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो।
जेठ ६, २०८२ मंगलबार १७:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।