डा पौडेललाई गभर्नर बन्न कानुनी बाटो पनि खुल्यो

काठमाडौं : विश्व पौडेललाई गभर्नर बन्न नहुने भन्दै परेको रिट सर्वोच्च अदालतले सदर नगरी खारेज (दरपीठ) गर्ने निर्णयलाई सदर गरेको छ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्च प्रशासनले गरेको रिट दरपीठको निर्णयलाई वैधानिक ठहर गर्दै सदर गरिदिएको हो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने चर्चा चलेपछि अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले वैशाख ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए।
तर, जेठ २ गते सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट 'अपरिपक्व' भएको भन्दै दरपीठ गरेका थिए। अदालतको यो निर्णयले पौडेललाई गभर्नर बन्न कानुनी अड्चन हटेको छ। अहिले गभर्नर सिफारिस समितिको बैठक जारी छ। लगत्तै मन्त्रीपरिषद्को बैठक बस्दैछ।
जेठ ६, २०८२ मंगलबार १७:३५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।