पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल : कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार चौधरीलाई जबरजस्ती करणी मुद्दासम्बन्धी घटनामा पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा विद्युतिय अपराधको कसुरमा पक्राउ गरिएको हो।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल चौधरी इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
जेठ ६, २०८२ मंगलबार १७:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।