फिल्म ‘फ्लप’ हुँदाको दोष लिन अञ्जनालाई गाह्रो

काठमाडौं : अञ्जना बराईलीलाई दर्शकले चिन्न निकै समय लाग्यो। उनको पहिलो फिल्म 'महापुरुष'ले राम्रो चर्चा पाए पनि उनी हरिवंश आचार्य जस्ता चर्चित कलाकारको छायाँमा परिन्।
फिल्ममा आउनुअघि अञ्जनाले विपिन कार्कीसँग केही म्युजिक भिडियोमा काम गरेकी थिइन्। तीन वर्ष अघिको 'घुमी घुमी' भिडियोबाट उनलाई धेरैले चिने पनि चर्चा भने खासै भएन।
उनको वास्तविक चर्चा 'पूजा सार्की'बाट सुरू भयो। उनको बढि चर्चा ‘पुजार सार्की’बाट भयो। त्यसपछि ‘पूर्णबहादुरको साराङ्गी’हुँदै ‘महाभोज’मा आइसकेकी अञ्जनाले केही फिल्मबाट मात्रै फ्लप फिल्मको अनुभव बटुलेकी छन्।
डेढ महिनाअघि प्रदर्शनमा आएको 'डोरी' फिल्मले हलमा दर्शक तान्न सकेन। तर अञ्जनाभने यसको जिम्मेवारी लिन तयार छैनिन्। दुई दिनअघि 'महाभोज'को ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्म असफल हुँदा आफूले त्यसको दोष नबोक्ने बताइन्। ‘कलाकारले सकेसम्म मेहनत गर्ने हो, तर त्यसपछि हलमा दर्शक आए-आएनन् त्यसको दोष आफूहरूले बोक्नुपर्दैन,’ उनको तर्क थियो।
‘डोरीमा पनि हामीले शतप्रतिशत दिएका हौं। चलचित्र नचलेकोमा दुःख त लाग्छ नै, तर त्यो कुरालाई म मेरो टाउकोमा लिएर हिँड्दिनँ। म कलाकार हुँ, मैले जुन धर्म निभाउनुपर्ने हो त्यो सबै निभाउँछु। फिल्म हलमा लागिसकेपछिको कुरा मेरो हातमा हुँदैन। 'डोरी' बिर्सेर अब 'महाभोज'मा काम गरेको छु, यही कुरा गर्दा मलाई राम्रो होला जस्तो लाग्छ,’ उनी भन्छिन्।
फिल्म चलाउनमा कुनै पनि कलाकारको हात नहुने उनको दाबी छ। ‘मैले त काम गर्ने हो, म कलाकार हुँ, मैले शतप्रतिशत योगदान दिने हो। त्यसपछि फिल्म चल्छ-चल्दैन त्यो मेरो हातको कुरा होइन। कुनै पनि कलाकारको हात हुन्छ जस्तो मलाई लाग्दैन, जुन प्रोजेक्टमा पनि,’ उनले थपिन्।
उसोभए फिल्म असफल हुँदा दोषी को? दर्शकको पहिलो ध्यान कलाकारमै पर्ने हुँदा, सफल वा असफल दुबै अवस्थामा कलाकारको भूमिका पनि महत्वपूर्ण हुन्छ। फिल्म निर्माण सामूहिक प्रयास हो- निर्देशक, लेखक, निर्माता र कलाकार सबैको योगदानले मात्र कुनै फिल्म सफल बन्न सक्छ। दर्शकको प्रतिक्रिया जिम्मेवारीपूर्वक स्वीकार गर्न सक्ने क्षमता कलाकारमा हुनुपर्छ। होइन र ?
जेठ ६, २०८२ मंगलबार १६:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।