‘आफ्नो पार्टीको साहु जोगाउन मिटरब्याजी पीडितमाथि राजनीति नगरौं ’

‘आफ्नो पार्टीको साहु जोगाउन मिटरब्याजी पीडितमाथि राजनीति नगरौं ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितको मुद्दा फेरि पनि राजनीति र औपचारिकतामै सीमित भएको भन्दै आपत्ति जनाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यको नीति नै पीडितमाथि अन्याय गर्ने, आयोग थप्ने र मूल समस्या बेवास्ता गर्ने जस्तो देखिएको बताइन्। ‘मिटरब्याजीहरुको न्याय कहिले ? कति आन्दोलन गर्नुपर्ने अझै ? आयोग थप्दैमा समाधान हुन्छ र ?’ भन्दै सांसद श्रेष्ठले आक्रोश पोखिन्।

सांसद श्रेष्ठले पीडितलाई रोपोर्ट नभएर न्याय चाहिएको बताइन्। उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरिन । ‘कृपया, आफ्नो पार्टीको साहु जोगाउन पीडितमाथि राजनीति नगरौं। गृहमन्त्रीदेखि सांसदसम्मको नाम जोडिने अवस्था नआओस्। पीडितलाई न्याय चाहिएको हो, रिपोर्ट होइन,’ उनले भनिन्।

सिंहदरबारमा पीडितलाई प्रवेश नै निषेध गरिएको भन्दै उनले थपिन्, ‘यस्तो बेइमानी गर्ने हो भने मिटरब्याजी पीडित कहिल्यै न्याय पाउँदैनन्। राज्य गम्भीर होस्।’

जेठ ६, २०८२ मंगलबार १४:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।