हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट

काठमाडौं : स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी-युपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ।
यो सम्झौतासँगै एससीटी-युपीआई कार्डवाहक ग्राहकहरूले हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा उपलब्ध सम्पूर्ण अफर तथा सेवाहरूमा थप ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यो विशेष छुटको लाभ लिनका लागि ग्राहकहरूले हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा भुक्तानी गर्दा अनिवार्य रूपमा आफ्नो एससीटी–युपिआइ कार्डमार्फत पीओएस मेसिन प्रयोग गर्नुपर्नेछ।
यसरी भुक्तानी गर्दा अस्पतालका ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा लागू हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट प्राप्त हुनेछ। यसैगरी, ओपिडी परामर्श, इम्प्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोप्रानो हेयर रिमुभल प्याकेज र आउटसोर्स गरिएका सेवा तथा उपकरण शुल्कमा लागू हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट उपलब्ध गराइएको छ।
एससीटीको सञ्जालमा हाल ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, ६ वटा ‘ख’ वर्गका विकास बैंक, ११ वटा ‘ग’ वर्गका वित्त कम्पनी र १०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध रहेका छन्।
ग्राहकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउने उद्देश्यले एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले यो अफर ल्याएका हुन्। एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाबाट एससीटी-युपीआई कार्ड प्राप्त गरेका ग्राहकहरूलाई यस अफरबाट पूर्ण फाइदा लिन दुवै संस्थाले प्रोत्साहित गरेका छन्।
एससीटी–युपिआइ कार्ड नभएका इच्छुक ग्राहकहरूले पनि आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी सजिलै कार्ड प्राप्त गरी यस अफरको लाभ लिन सक्ने व्यवस्था मिलाइएको छ।
जेठ ६, २०८२ मंगलबार १३:५१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।