एभरेष्ट बैंकको १३२औं शाखा सिन्धुलीको कमलामाईमा सञ्चालन

काठमाडौं : एभरेष्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिका-६ मा १३२औं शाखा सञ्चालनमा ल्याएको छ। यो बैंकको बागमती प्रदेशभित्रको ४७औं शाखा हो।
बैंकले यस शाखाको सञ्चालनसँगै सिन्धुली तथा आसपासका बासिन्दालाई अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे।
उद्घाटन समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका साथै बैंकका कर्मचारी तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो।
सोही अवसरमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले एभरेष्ट बैंकको उपस्थितिले यहाँका बासिन्दालाई गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानीको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले सिन्धुली शाखाबाट यहाँका वासिन्दालाई सबल, सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
जेठ ६, २०८२ मंगलबार १३:४०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।