टिभीएसले भोलिदेखि ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ गर्दै

टिभीएसले भोलिदेखि ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ गर्दै

काठमाडौं : नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ।

यही जेठ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरलाई विभिन्न आकर्षक अफर तथा फाइनान्स सुविधासहित नयाँ टिभीएस सवारीसाधनसँग साट्न सक्नेछन्।

मेला सुरू हुनुअघि नै नयाँ टिभीएस सवारीसाधन खरिद गर्न चाहने इच्छुक ग्राहकहरूका लागि कम्पनीले प्रि-बुकिङको व्यवस्था मिलाएको छ। जेठ ६ गतेभित्र प्रि-बुकिङ गर्ने ग्राहकहरूले पाँच हजार बराबरको विशेष उपहार प्राप्त गर्नेछन्।

मेला अवधिभर एक्सचेञ्जमा सहभागी हुने ग्राहकहरूले आफ्नो पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन्। मेलामा ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिता रहने हुँदा ग्राहकहरूले आफ्नो पुरानो बाइकको उचित र उच्च मूल्याङ्कन पाउनेमा विश्वस्त हुन सक्नेछन्।

एक्सचेञ्जका साथै, ग्राहकहरूले नयाँ सवारी खरिदमा आठ हजार रुपैयाँसम्मको नगद छुट, पुरानो बाइकको मूल्याङ्कनमा थप दश हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

नयाँ टिभीएस सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, बाइक कभर, झोला र रेनकोट जस्ता आकर्षक उपहारहरू निःशुल्क प्राप्त गर्नेछन्।

आकर्षक एक्सचेञ्ज र फाइनान्स अफरका अतिरिक्त, मेलामा आउने आगन्तुकहरूका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूको पनि भरपुर व्यवस्था गरिएको छ। यहाँ लाइभ म्युजिकल ब्यान्डको प्रस्तुति, रोमाञ्चक स्टन्ट शो, नयाँ टिभीएस मोडलहरूको टेस्ट राइड, विभिन्न रमाइला खेलहरू, फोटो बुथ, स्वादिष्ट खानेकुराका स्टलहरू र बालबालिकाहरूका लागि छुट्टै किड्स जोनको व्यवस्था रहनेछ।

जेठ ६, २०८२ मंगलबार १३:३०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।