प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम रोकियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। यसकै कारण आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगका लागि तय गरिएको प्रश्नोत्तर कार्यक्रम रोकिएको छ।
संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री अस्वस्थ भएपछि उक्त कार्यक्रम हटाइएको हो। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएकाले आजको कार्यसूचीबाट प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी दिए।
प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली आराम गरिरहेको जनाएको छ। सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपछि साँझबाट उनले अस्वस्थ भएका थिए।
जेठ ६, २०८२ मंगलबार १२:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।