‘सांसदलाई योजना सिफारिस गर्ने अधिकार दिँदा किन बकवास गरिन्छ?’

काठमाडौं : एमाले सांसद् सूर्य थापाले प्रतिनिधि सभाका सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध बवास नगर्न चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित सांसदहरू आ-आफ्नो क्षेत्र र जिल्लाको विकासमा सक्रिय योगदान दिने पार्टीको प्रतिबद्धतासहित निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्न सरकारलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध किन बकवास गरिन्छ? बजेट सुन्ने, छलफल गर्ने अनि पारित गर्ने हामी सांसदहरुको संवैधानिक र कानूनी अधिकार हो।’
निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने कुरा कुनै बहानामा उचित हुन नसक्ने भन्दै उनले यसबाट व्यवस्था विरोधी र अस्थिरतावादीहरू हौसिने बताए।
जेठ ६, २०८२ मंगलबार १२:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।