कांग्रेसका माननीयहरू देख्दिनँ त, गभर्नर खोज्न जानुभो कि प्रधानमन्त्री?

कांग्रेसका माननीयहरू देख्दिनँ त, गभर्नर खोज्न जानुभो कि प्रधानमन्त्री?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसद्हरू संसद् बैठकमा सहभागी नभएकोमा कटाक्ष गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको सैद्धान्तिक छलफलमा भाग लिनुअघि उनले नेपाली कांग्रेसमाथि कटाक्ष गरेकी हुन्।

‘आज त नेपाली कांग्रेसका माननीयज्यूहरु त ७/८ जनाभन्दा बढ्ता त देखिँदैन नि!,’ उनले भनिन्, ‘उहाँ गभर्नर खोज्न जानुभो कि प्रधानमन्त्री खोज्न जानुभो?’

एकदमै ठूलो पार्टी भएर पनि अन्यन्त कम संख्यामा भएकाले आफूलाई शंका लागेका उनले बताइन्।

जेठ ६, २०८२ मंगलबार १२:१३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।