सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं : स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटीबढी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै त्यति नै परिमाणको चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एकतोला चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको छ।

जेठ ६, २०८२ मंगलबार १२:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।