अमेरिकामा अरुको निजी तस्बिर र भिडियो पोस्ट गर्नु अब अपराध, ट्रम्पको हस्ताक्षरसँगै ऐन कार्यान्वयनमा

अमेरिकामा अरुको निजी तस्बिर र भिडियो पोस्ट गर्नु अब अपराध, ट्रम्पको हस्ताक्षरसँगै ऐन कार्यान्वयनमा
फाइल तस्बिर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ‘टेक इट डाउन एक्ट’मा हस्ताक्षर गरेका छन्।

योसँगै अब अमेरिकामा कसैको पनि निजी तस्बिर वा भिडियोहरू उनीहरूको सहमति बिना इन्टरनेट प्लेटफर्ममा सेयर गर्नुलाई अपराध मानिनेछ।

यो कानून रिभेन्ज पोर्न र एआई बाट बनाइएका डीपफेक भिडियो र तस्बिरहरूको बढ्दो घटनाहरूलाई रोक्नको लागि ल्याइएको ट्रम्पको कार्यालयको दाबी छ।

साथै, सामाजिक सञ्जाल प्लेटफर्म र वेबसाइटहरूले ४८ घण्टाभित्र त्यस्ता सामग्री हटाउनुपर्ने र यसको डुप्लिकेट प्रतिलिपिहरू पनि खोजी गरी हटाउनुपर्ने कानूनमा उल्लेख छ।

यो कानून पारित गराउन प्रथम महिला मेलानिया ट्रम्पले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। मार्चमा, उनले यस कानूनको पक्षमा पैरवी गर्न कांग्रेसका सदस्यहरूलाई भेटेको सीएनएनले जनाएको छ।

विधेयकले सिनेट र हाउस दुवैमा भारी समर्थन प्राप्त गरेको छ

जेठ ६, २०८२ मंगलबार १०:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।