विश्वकै प्रदूषित शहरको कञ्चन अवतार (तस्बिरहरू)

काठमाडौं : रातभरको वर्षापछि राजधानी काठमाडौं उपत्यकाको मौसम खुलेको छ। जेठको पहिलो साताको विहानीमा घाम लाग्दा उपत्यकाको दृश्य निकै मनमोहक देखिएको छ।
रातभर परेको झरीले काठमाडौं उपत्यकालाई धोएर सफा बनाएको छ। विहानै घाम चम्किएपछि धुलो र प्रदूषणले ढाकिएको आकाश खुलेको छ भने केही हिमाल समेत देखिएका छन्।
सफा दृश्यसँगै उपत्यकाको हावा पनि अहिले निकै स्वस्थ्य भएको छ। कुनै समय हावाको गुणस्तर तीन सयभन्दा बढी भएर विश्वकै प्रदूषित शहरमध्ये नम्बर एकमा समेत परेको काठमाडौं उपत्यकाको हावाको गुणस्तर अहिले ५० भन्दा तल झरेको छ।
काठमाडौंको कञ्चन अवतार:
जेठ ६, २०८२ मंगलबार १०:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।