पछिल्लो १२ घण्टामा मार्खुमा २०२ मिलिमिटर वर्षा

काठमाडौं : पछिल्लो १२ घण्टामा मकवानपुरको मार्खुमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको तथ्यांकअनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको मार्खुमा सबैभन्दा बढी २०२ मिलिमिटर वर्षा भएको हो। यो अत्याधिक धेरै वर्षा हो।
त्यसका अलावा तनहुँको बन्दीपुरमा ९६ मिलिमिटर र तनहुँकै बिमलनगरमा ८३.८ मिलिमिटर वर्षा भएको विभागको वेबसाइटमा उल्लेख छ।
साथै सिन्धुपाल्चोकको मानेखर्क र नुर्पुगाउँमा क्रमशः ७७ र ६९ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं उपत्यकामा भने ३८ मिलिमिटरभन्दा ठूलो वर्षा भएको छैन।
जेठ ६, २०८२ मंगलबार ०८:५३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।