आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली, र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगका केही स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस र कोशी प्रदेशका तराई भू-भागमा हावाहुरी (हुरीबतास) चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसमतर्फ, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ। बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

ती प्रदेशका केही स्थानहरूमा तथा मधेसलगायत अन्य प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्नेछ।

जेठ ६, २०८२ मंगलबार ०७:४४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।