आज थाइल्यान्डसँग भिड्दै महिला क्रिकेट टोली

काठमाडौं : पहिलोपटक आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको नेपालले आज थाइल्याण्डसँग सुपर थ्री अन्तर्गत अन्तिम खेल खेल्दैछ।
आइतबार सम्पन्न सुपर थ्री अन्तर्गको पहिलो खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
आज नेपाल घरेलु टोली थाइल्याण्डविरुद्ध खेल्न लागेको हो। खेल थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा बिहान ८:४५ बजे सुरू हुनेछ।
नेपाल र थाइल्याण्ड दुवैले एक खेल अगावै ग्लोबल छनोट चरणमा स्थान पक्का गरिसकेका छन्।
हिजो युएईले दिएको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदासम्म पाँच विकेट गुमाएर पूरा गरेको थियो।
कप्तान इन्दु बर्माले अविजित ३० रन बनाउँदै टोलीको जितमा नेतृत्वदायी भूमिका खेलिन्। यस्तै, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रनको योगदान दिए।
थाइल्याण्डले भने युएईलाई ५४ रनले पराजित गर्दै आफ्नो छनोट सुनिश्चित गरेको थियो।
जेठ ६, २०८२ मंगलबार ०७:०१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।