नेपाल टेलिकमको तेस्रो त्रैमासीय प्रदर्शन निराशाजनक

काठमाडौं : चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४९% ले घटेको छ।
टेलिकमले यस अवधिमा कुल २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही त्रैमासको ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ नाफाको तुलनामा ४८.६७% कम हो।
साथै, कम्पनीको कुल आम्दानी ८.८९% ले घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँमा झरेको छ, भने शुद्ध आम्दानी ०.६४% ले घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको प्रति शेयर आम्दानी अघिल्लो वर्षको रु. ४१.०२ बाट घटेर रु. २१.०५ मा झरेको छ। यद्यपि, प्रति शेयर नेटवर्थ भने रु. ५०३.९३ कायम रहेको कम्पनीले जनाएको छ।
नाफा र आम्दानी दुवै घटेपछि नेपाल टेलिकमको हालको वित्तीय प्रदर्शनले लगानीकर्तालाई अलिक निराश बनाएको छ।
जेठ ५, २०८२ सोमबार २१:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।