मंगलबार बिर्तामोडमा पल्सर एन १२५ लन्च हुने

मंगलबार बिर्तामोडमा पल्सर एन १२५ लन्च हुने

काठमाडौं : बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले झापा, बिर्तामोडमा पल्सर एन १२५ लन्च कार्यक्रम गर्ने भएको छ। कार्यक्रम मंगलबार हुने भएको छ।

यो कार्यक्रम खड्का कम्प्लेक्स, बिर्तामोडमा साँझ ६:३० बजे सुरु हुनेछ र प्रवेश नि:शुल्क हुनेछ। पल्सर एन १२५ को लन्चलाई थप विशेष बनाउन चर्चित कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति समेत राखिएको छ।

नयाँ पल्सर एन १२५ मा १२४.५८cc को एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन रहेको छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्छ। पावर र स्टाइलको सन्तुलन भएको यो बाइकले १२५cc सेग्मेन्टमा नयाँ मापदण्ड बनाउने अपेक्षा गरिएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले एन १२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित भएको बताए।

जेठ ५, २०८२ सोमबार २०:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।