भृकुटीमण्डपमा टिभीएस ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज मेला’ हुँदै

भृकुटीमण्डपमा टिभीएस ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज मेला’ हुँदै

काठमाडौं : जगदम्बा मोटर्स ले काठमाडौंको भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ को आयोजना गर्ने भएको छ। मेला जेठ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।

यो मेला विशेष गरेर पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस बाइक वा स्कुटर किन्न चाहनेहरूका लागि सुनौलो अवसर हो। मेलामा सहभागी हुँदा पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्म सुनिश्चित हुने व्यवस्था छ। साथमा, रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० सम्मको थप मूल्यांकन, र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि पाइनेछ। 

मेलाअघि नै जेठ ६ गतेसम्म प्रि-बुकिङ गर्नेहरूका लागि रू. ५,००० बराबरको उपहारको व्यवस्था गरिएको छ। साथै, नयाँ सवारी खरिद गर्दा हेल्मेट, बाइक कभर, झोला र रेनकोट नि:शुल्क पाइनेछ।

मेलामा लाइभ ब्यान्ड संगीत, स्टन्ट शो, टेस्टराइड, खेलकुद गतिविधि, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो फूड स्टलहरूको मज्जा लिन सकिनेछ।

जेठ ५, २०८२ सोमबार २०:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।