रविको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’

फाइल फोटो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन आज पनि ‘हेर्न नमिल्ने’ मा परेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
अब उक्त निवेदनमाथि मङ्गलबार सुनुवाइ हुनेछ ।
जेठ ५, २०८२ सोमबार १६:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।