माओवादी लक्षित बर्तौलाको टिप्पणी- जादुवालाहरूले सरकारविरुद्ध भ्रम फैलाए

माओवादी लक्षित बर्तौलाको टिप्पणी- जादुवालाहरूले सरकारविरुद्ध भ्रम फैलाए

काठमाडौं : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरूबाट सरकारविरुद्ध भ्रम फैलाउने काम भइरहेको आरोप लगाएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरू चिरेर अर्थतन्त्रलाई लयमा ल्याउन काम गरिरहेको दाबी गर्दै जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने काम भएको बताए। 

उनले माओवादीलाई जादुगरसँग तुलना गर्दै भने- ‘गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो। यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौ। जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरू, जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो।’

यस्तै, उनले एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन भन्दै गर्दा विपक्षी सांसदहरू सरकारमा हुँदा भएका कामहरूको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए।

जेठ ५, २०८२ सोमबार १४:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।