लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा ‘क्यासब्याक अफर’, कनेक्ट आईपीएसमार्फत सुलभ सेवा

काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक कनेक्ट आईपीएस ले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’ नारासहित आकर्षक अफर सार्वजनिक गरेको छ।
अब जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म कनेक्ट आईपीएसमार्फत जीवन बीमा (लाइफ इन्स्योरेन्स) प्रिमियम तिर्ने ग्राहकले हरेक हप्ता नगद क्यासब्याक जित्ने मौका पाउने छन्।
अफर अनुसार, हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जनाले प्रिमियम रकमबराबर वा अधिकतम रु २०,००० सम्म क्यासब्याक जित्न सक्नेछन्।
साप्ताहिक तथा मासिक विजेता लक्की ड्रमार्फत चयन हुने र विजेताको नाम कनेक्ट आईपीएसको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा सार्वजनिक गरिनेछ।
कनेक्ट आईपीएसको वेब पोर्टल, मोबाइल एप, तथा बीमा कम्पनीहरूको वेबसाइटमा उपलब्ध कनेक्ट आईपीएस गेटवे प्रयोग गरी जीवन बीमाको प्रिमियम सजिलै तिर्न सकिने व्यवस्था गरिएको छ। हाल यस प्रणालीमार्फत १७ वटा जीवन बीमा (जसमा केही माइक्रो लाइफ इन्स्योरेन्स पनि छन्) कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिनेछ।
कनेक्ट आईपीएस एकीकृत भुक्तानी प्रणालीको रूपमा बैंक खाता लिंक गरी फन्ड ट्रान्सफर तथा अन्य विभिन्न सेवाहरूमा प्रयोग भइरहेको लोकप्रिय माध्यम हो। वेब पोर्टलबाट प्रति कारोबार अधिकतम रु २० लाखसम्म तथा मोबाइल एपमार्फत रु २ लाखसम्म भुक्तानी गर्न सकिनेछ।
यस प्रणालीबाट मोबाइल रिचार्ज, बिजुली, टेलिफोन, इन्टरनेट, विद्यालय शुल्क, हायर पर्चेज, सरकारी राजस्व, लोक सेवा आयोग, ट्राफिक जरिवाना, शेयर कारोबार, नेपालपे क्यूआर लगायत थुप्रै भुक्तानी सेवाहरू सहज रूपमा गर्न सकिन्छ।
जेठ ५, २०८२ सोमबार १३:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।