हुन्डाई इभी सवारीमा प्रि-बजेट अफर

काठमाडौं : हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधन (इभी) खरिद गर्न चाहने ग्राहकका लागि पि-बजेट अफर ल्याएको छ।
अफर अन्तर्गत ग्राहकले हुन्डाईको कोना इलेक्ट्रिक, आयोनिक फाइभ, र फेसलिफ्टेड कोना इभी जस्ता मोडेलहरू खरिद गर्दा पाँच कट्टा विजोडा आइओएसआइएसआई सिमेन्ट उपहारस्वरूप पाउनेछन्।
यो अफर २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। विद्युतीय सवारीमा आम नागरिकको पहुँच बढाउने उद्देश्यले कम्पनीले अफर ल्याएको दाबी गरेको छ।
अफरअन्तर्गत ग्राहकले नयाँ हुन्डाई इभी किन्न निःशुल्क बीमा र सडक करसमेत पाउने छन्। साथै विशेष छुटका साथै केही मोडेलमा नगद छुटको सुविधा पनि दिइने कम्पनीले जनाएको छ। यसले विद्युतीय सवारीको प्रयोगमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
अफरले ग्राहकलाई आफ्नै घरमा चार्जिङ गर्न सकिने पर्सनल चार्जिङ पोइन्टसमेत उपलब्ध गराउनेछ। यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले विशेष अफरमार्फत ग्राहकको ग्यारेज वा पार्किङ एरिया अनुकूल चार्जिङ सेटअपको व्यवस्था मिलाउने बताएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले इभी इकोसिस्टमलाई अझ बलियो बनाउन देशभर ६६ वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ। साथै ग्राहकलाई सहज बिक्रीपछिको सेवा, पार्ट्सको सहज उपलब्धता र प्राविधिक सहयोग पनि कम्पनीले सुनिश्चित गरेको जनाएको छ।
जेठ ५, २०८२ सोमबार १२:२०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।