सामाजिक परिचालिकालाई गोल्डेन ह्यान्डचेक दिएर बिदाइ गर्न सांसद कार्कीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले महिला सामाजिक परिचालिकाहरुलाई गोल्डेन ह्यान्डचेक दिएर बिदाइ गर्न माग गरेकी छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले राज्यले महिलाहरुलाई अपहेलना र शोषण गरिरहेको विषय महिला सामाजिक परिचालिकाहरूलाई हेरेर पनि पुष्टि हुने बताइन्।
उनले भनिन्, ‘विगतमा महिला विकास शाखामार्फत सरहानीय काम गरिरहेका थिए। अहिले पाँच सयको हाराहारीमा महिला परिचालिकाहरुलाई बेवास्था गरिएको छ। उनीहरुको न्यायाका लागि गोल्डेन ह्यान्डचेक दिएर बिदाइ गरियोस्।’
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक विकास समितिले पनि महिला तथा बालबालिका मन्त्रालयलाई यसबारेमा निर्देशन दिइरहेको बताउँदै उनीहरू काम नहुँदा अहिले यता न उता भएर हल्लिरहेको बताइन्।
यसबारेमा गम्भीर हुन सरकारसँग आग्रह गरेकी हुन्।
जेठ ५, २०८२ सोमबार ११:४२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।