गुठी विधेयक ल्याएर समस्या समाधान गर्न माओवादी केन्द्रको माग

गुठी विधेयक ल्याएर समस्या समाधान गर्न माओवादी केन्द्रको माग
फाइल तस्बिर

काठमाडौं : प्रमुख विपक्षी दल माओवादी केन्द्रले गुठी विधेयक ल्याएर गुठी सम्बन्धी समस्या हल गर्न माग गरेको छ।

माओवादी केन्द्रका सांसद् माधव सापकोटाले ६८ जिल्लामा फरक प्रकृतिमा समस्याहरु भएकाले ती समस्याहरुको गहिरो अध्ययन गरी समाधानका लागि गुठी विधेयक ल्याउन माग गरेका हुन्।

उनले सिन्धुपाल्चोकमा मात्र १४६ वटा नाममा गुठीहरु दर्ता भएको तथ्यांक पेश गर्दै उनले यस्तो माग गरे। उनी सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य हुन्।

जेठ ५, २०८२ सोमबार ११:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।