रियल म्याड्रिडको शानदार जित, एम्बाप्पे र बेलिङ्घमको गोलमा सेभिया पराजित

काठमाडौं : किलियन एम्बाप्पे र जुड बेलिङ्घमको निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले नौ खेलाडीमा सीमित सेभियामाथि २-० को सहज जित निकालेको छ।
सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर, ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं लिग गोल गरे।
त्यसपछि ८७ औं मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे।
रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो। जब बार्सिलोनाले एस्पानियोलमाथि २–० को जित निकाल्दै आफ्नो २८औं लिग उपाधि जितेकि थियो। जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठूला ट्रफी बिना नै टुंग्याउनु परेको थियो।
सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन संघर्षपूर्ण रह्यो। केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए।
तर, मंगलबार लास पाल्मासमाथि १–० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे।
यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झर्योयो।
बेलिङघमको लब पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए।
जेठ ५, २०८२ सोमबार ०८:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।