महिला विश्वकपको ग्लोबल छनोटका लागि युएईसँग भिड्दै नेपाल

महिला विश्वकपको ग्लोबल छनोटका लागि युएईसँग भिड्दै नेपाल

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्री अन्तर्गत नेपाल आज यूएईसँग भिड्दैछ। खेल थाइल्यान्डको बैंककमा बिहान ८ः१५ बजे सुरू हुनेछ।

थाइल्यान्डमा जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्नका लागि नेपालले युएई हराउनैपर्ने हुन्छ।  यदि आज नेपालले यूएईलाई पराजित गर्न सक्यो नेपाल नेपालले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

यसअघि नेपाल यूएईसँग वर्षाले प्रभावित खेलपछि एसिया छनोटबाट बाहिरिएको थियो। त्यस अवसरमा यूएईले ग्लोबल छनोटमा स्थान बनाएको थियो।

सुपर थ्रीमा नेपाल, यूएई र थाइल्यान्ड आफ्ना समूह विजेता भएर प्रवेश गरेका टिम हुन्। आइतबार सम्पन्न खेलमा यूएई थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये नेपालले दुई खेल जितेको छ भने यूएईले एक खेल जितेको छ। एक खेल बराबरीमा टुंगिएको थियो भने अर्को रद्द भएको थियो।

जेठ ५, २०८२ सोमबार ०८:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।