जेठको पहिलो दिनको कारोबारमा पनि नेप्से ओरालोमै, आठ अर्ब कारोबार

काठमाडौँ : जेठको साताको पहिलो दिनको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो नै लाग्यो। आइतबारको बजार दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दु कायम भयो।
यस अगाडि बैशाखको अन्तिम साताको छ कारोबारमा पनि नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको थियो।
आइतबार तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७ सय ३७ कित्ता शेयर ७९ हजार ८ सय ९३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५० करोड ९२ लाख कारोबार भयो। आइतबारको बजारमा एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घट्यो। एउटा कम्पनीको मात्र स्थिर रह्यो।
आइतबारको बजारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड नौ दशमलव ९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटेड नौ दशमलव ५३, नेपाल पुनर्बिमा कम्पनी आठ दशमलव ४१, वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात ३२ प्रतिशतले बढ्यो।
सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ७१ प्रतिशतले घट्यो। सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाखको शेयर कारोबार भयो।
जेठ ४, २०८२ आइतबार १७:४३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।