दर्शकले साथ दिँदा पनि किन झुक्काउनु पर्या होला !

दर्शकले साथ दिँदा पनि किन झुक्काउनु पर्या होला !

काठमाडौँ : फिल्म ‘ऊनको स्विटर’को निर्माण टिमले व्यापारको आँकडा ढाटेका छन्। फिल्म राम्रै चलिरहे पनि दर्शकलाई झुक्याउने मनसायले उनीहरूले एक साताको ग्रस कलेक्सनको आँकडा ढाँटेका हुन्।  

चलचित्र विकास बोर्डको बक्स अफिसमा यो फिल्मले एक सातामा ४ करोड ४ लाख ग्रस कलेक्सन गरेको देखिन्छ। केही हल बोर्डको बक्स अफिस बाहिर रहे पनि डेढ करोडै ग्रस फरक पर्ने देखिन्न। तर, निर्माताले रिलिजको एक साता पुगेको भन्दै सार्वजनिक गरेको आँकडामा ५ करोड ७५ लाख दाबी गरे।

बोर्डको बक्स अफिस आँकडा भन्दा निर्माताले सार्वजनिक १ करोड ७१ लाख बढी व्यापार गरेको भनेर दर्शक झुक्क्याउन खोजेको देखियो। यो फिल्मले दुई दिनमा डेढ करोड हाराहारीको ग्रस कलेक्सन गर्दा नै निर्माण टिमले चार करोड ग्रस कलेक्सन गरिसक्यो भनेर ढाँटेका थिए।

दर्शकको साथ नपाएको बेलामा लाखको व्यापार गरेका फिल्मको निर्माण टिमले करोड कमायो भनेर हल्ला गर्नु सामान्य हो नेपाली फिल्म क्षेत्रमा। तर यो फिल्मलाई दर्शकले साथ दिइरहेकै छन्। दर्शकले साथ दिइरहँदा पनि झुक्क्याउन चैँ किन पर्या होला!

जेठ ४, २०८२ आइतबार १५:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।