नोराले भाइरल बनाएकी नेपाली युवा गौरव को हुन् ?

काठमाडौँ : गौरव सिटौला शनिवारबाट सामाजिक सञ्जाल खोजीको विषय भने। टिकटक जस्तो भिडियो प्लेटफर्मका लागि उनी नौलो त हैनन्। ३० हजार फलोअर्स छन् उनको टिकटकमा। तर शनिवारबाट भने उनी हटकेक बनिरहेका छन् सञ्जालमा।
उनको नाम सञ्जालमा एकाएक खोजी गर्नेहरूको समूह बढाउने काम नेपालमा प्रस्तुति दिन आएकी डान्सर नोरा फतेहीले गरेकी हुन्। शनिवार हायात होटेलको ग्राउन्डमा नोराको विशेष कार्यक्रम राखिएको थियो। गौरव उनको नृत्य हेर्न त्यहीँ पुगेका थिए। भिडमा रहेका उनलाई नोराले स्टेजबाटै चिनिनन्। ‘म तिमिलाई चिन्छु, तिम्रो नाम के रे?’ भनेर सोधिन्।
गौरवले आफ्नो नाम भनेपछि उनले सामाजिक सञ्जालमा गौरवको डान्स हेरेर र उनी निकै राम्रो कोरियोग्राफर भएको भन्दै प्रशंसा गरिन् अनि उनको भिडियो आफूले सेयर समेत गरेको बताइन्।
उनले कार्यक्रममा रहेका आफ्नो टिमका सदस्यलाई गौरवको बारेमा बताइन् र स्टेजमा बोलाइन्। अनि स्टेजमा गौरवले नोरासँगै आफ्नो नृत्य कला देखाए।
स्टेजमा सुशान्त खत्रीले पनि नोरासँगै नाचेका थिए। तर सुशान्त भारतीय डान्स रियालिटी शोहरुमा सहभागी भएर व्यावसायिक रूपमा अगाडि बढिसकेका कलाकार हुन्। टिकटकमा नोराकै शैलीको डान्सक्लिपहरु राखेर करिअर अगाडि बढाइरहेका गौरवका लागि भने यो नौलो अनुभव हुने नै भयो।
गौरव मोडलिङ क्षेत्रमा परिचितै हुन्। उनी मिस्टर एन्ड मिस एसइई २०२४ का विजेता हुन्। पछिल्लो समय भने उनले डान्समा आफ्नो करिअर अगाडि बढाइरहेका छन्।
नोरा आफ्नो बेली डान्स मुभहरुका कारण निकै चर्चित छिन्। गौरवले पनि बेली डान्सलाई अगाडि बढाइरहेको देखिन्छ। उनका अधिकांश भिडियोहरू बेली डान्सका मुभहरुमा आधारित देखिन्छन्। त्यही मुभले उनी नोराको नजरसम्म परेका थिए।
जेठ ४, २०८२ आइतबार १५:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।