न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या भएको भन्दै सोबिताले उठाइन्  न्यायालयमाथि प्रश्न

न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या भएको भन्दै सोबिताले उठाइन्  न्यायालयमाथि प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले अदालतमाथि गम्भीर प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पछिल्लो समय अदालतमा अनौठो दृश्य देखिन थालेको भन्दै असन्तुष्टि पोखिन।

उनले सरकार र न्यायपालिका कतैबाट पनि जनतामा सन्तुष्ट नरहेको बताइन्। उनले अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेशी तोक्ने, सुनुवाइ गर्ने र सुनुवाइपछि जानकारी पाएपछि नै मुद्दा हेरौंला भनी ढिलाइ गर्ने प्रवृत्ति देखिएको बताइन्।

‘सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन् । यो सत्य हो । संसद् र सरकार राजनीतिक परिवेशबाट उदाउने संस्थाहरू हुन् । पछिल्लो समय अदालतमा एउटा अनौठो दृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेशी तोक्ने, सुनुवाइ गर्ने र सुनुवाइपछि ‘जानकारी पाएपछि नै मुद्दा हेरौंला’ भनी ढिलाइ गर्ने प्रवृत्ति देखिएको छ । जबरजस्ती सूचना दिएर मात्र पेस्की राख्ने र सुनुवाइ सुरु भएपछि आफ्नो पक्षले के बोलेको थाहा नपाउने अवस्था छ, ’ यसले न्यायपालिका लाई कहाँ पुर्यालउछ ? उनले प्रश्न गरिन्। 

उनले सुनुवाई निष्पक्ष हुनपर्ने भन्दै निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने बताइन्। 

‘सूचना दिएर मात्रै पेशी राख्ने हो । सुनुवाई सुरु भइसकेपछि आफ्नो पक्षले के बोल्यो भन्नेकुरा थाहा पाउनुपर्छ नत्र आफ्नो तर्क कसरी राख्न सक्छ त ? यो त प्रकृति न्यायको घोर अपमान भयो । यसरी एक पक्षीय रुपमा अगाडि बढाइएका न्यायिक प्रक्रियाको वस्तुमाथि नै प्रहार हो यो । सुनुवाई निष्पक्ष हुनपर्छ । निष्पक्ष देखिने कोसिस गर्ने, निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने हो।’ उनले भनिन्।  

त्यस्तै उनले पूर्वन्यायाधीशहरूको फोरमले न्यायपालिका कै शैलीमाथि प्रश्न उठाउनपर्ने बेला आएको पनि तर्क राखिन्। गौतमले न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या हुँदै गएको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताइन्।

जेठ ४, २०८२ आइतबार १५:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।