सांसद श्रेष्ठको प्रश्न- जनता आकाश हेरेर दिन काट्नु पर्ने बाध्यतामा छन्, सरकारको तयारी के छ ?

सांसद श्रेष्ठको प्रश्न- जनता आकाश हेरेर दिन काट्नु पर्ने बाध्यतामा छन्, सरकारको तयारी के छ ?

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले नदी किनारका बासिन्दाहरू आकाश हेरेर दिन काट्नु पर्ने बाध्यतामा रहेको बताएकी छन्। 

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले वर्षायाम सुरू हुन लागेको भन्दै उनले नदी किनारका बस्तीहरू बाढीको त्रासमा रहेको बताइन्।  

‘बर्खायाम आउँदैछ । हावाहुरीले संकेत दिइसकेको छ । विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरू बाढीको त्रासमा बाँचिरहेका छन् । त्यहाँका मानिसहरू अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’उनले भनिन् ।

उनले सरकारले बाढी पूर्वको तयारी नगरेको भन्दै आक्रोश व्यक्त गरिन्।  ‘सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैन ?,’ उनको प्रश्न थियो। 

जेठ ४, २०८२ आइतबार १४:१८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।