कर्णालीका विषयमा सरकारले मजाक गरिरहेको सांसद कठायतको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीको विकासप्रति सरकार गम्भीर नदेखिएको भन्दै कडा आलोचना गरेकी छिन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्णाली क्षेत्रका सांसदहरूले पटक-पटक उठाउने गम्भीर सवाललाई सरकारले हलुका रूपमा लिने गरेको बताइन्।
‘हामीले कर्णालीको लागि राज्यले गरेको लगानी देशका अन्य ठाउँको तुलनामा कति हो भनेर सोध्दा सरकार मजाक गरिरहेजस्तो लाग्छ,’ कठायतले भनिन्, ‘हामी कर्णालीलाई परेको पछौटोपनको क्षतिपूर्ति मागिरहेका छौं, तर सरकारले गम्भीरता देखाएको छैन।’
उनले अझै पनि सरकारले पुराना कामको मात्र गुनगान गाइरहेको भन्दै आक्रोश पोखिन्। ‘६० को दशकको सुर्खेत-जुम्ला कोरिडोर, ३० को दशकको विमानस्थल, र बाबुराम भट्टराईको पालाको कर्णाली स्वास्थ्य प्रतिष्ठान भन्दै पुराना कामलाई दोहोर्याोएर अहिलेको उत्तरदायित्वबाट पन्छिन मिल्दैन,’ उनले भनिन्।
कर्णालीका जनतालाई झुटो आश्वासन नभएर ठोस योजना चाहिएको उनको भनाइ थियो।
जेठ ४, २०८२ आइतबार १२:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।