बिना सूचना विद्युत् छोडेर सरकारले मजदुरको हत्या गरेको सांसद शाहीको आरोप

बिना सूचना विद्युत् छोडेर सरकारले मजदुरको हत्या गरेको सांसद शाहीको आरोप

काठमाडौं : काभ्रेको धुलिखेलमा विद्युत् खम्बामा काम गरिरहेका मजदुर उपेश परियारको करेन्ट लागेर ज्यान गएको घटनामा संसदमा आवाज उठेको छ। सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै यो घटना दुर्घटना नभई ‘सरकारी लापरबाहीद्वारा गरिएको हत्या’ भएको आरोप लगाए।

उनले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरे। ‘सूचना नदिई लाइनमा करेन्ट प्रवाह गरेर एक मजदुरको ज्यान लिइयो, अनि त्यसलाई दुर्घटना भन्न पाइन्छ?’ शाहीले संसदमा भने, ‘यो सिधा हत्या हो, यसमा संलग्नहरूमाथि हत्याको मुद्दा चल्नुपर्छ।’

धुलिखेल नगरपालिका–७ मा रहेको ११ हजार भोल्ट क्षमताको लाइनमा तार जोड्ने क्रममा सर्लाहीका २८ वर्षीय उपेश परियारको आइतबार बिहान करेन्ट लागेर ज्यान गएको थियो।

नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्र अन्तर्गत उक्त लाइनमा काम गरिरहँदा अचानक करेन्ट प्रवाह हुँदा परियारको मृत्यु भएको हो।

जेठ ४, २०८२ आइतबार ११:५८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।