घट्यो सुनको मूल्य

काठमाडौं : साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो।
चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।
जेठ ४, २०८२ आइतबार ११:४०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।