रोल्पा : ‘टुरिजम फर पिस’ फोटो प्रदर्शनी हुँदै

रोल्पा : ‘टुरिजम फर पिस’ फोटो प्रदर्शनी हुँदै

काठमाडौं : काठमाडौंमा ‘रोल्पा : टुरिजम फर पिस’ फोटो प्रदर्शनी हुने भएको छ।

‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवद्र्धन मञ्च नेपालले जनाएको छ । 

मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ ।

फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरूको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्।

फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास प्रवर्द्धनमा क्रियाशील छन्।

जेठ ४, २०८२ आइतबार ०९:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।