तरूण दलको अधिवेशनमा खुकुरी हानाहान

लमजुङ : नेपाल तरूण दल लमजुङको पाँचौं अधिवेशन प्रतिनिधि छनोटको क्रममा विवाद चर्किएपछि खुकुरी हानाहान भएको छ। भिडन्तमा परी ५ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।
घाइते हुनेमा बेसीसहर–९ का वडाध्यक्ष तथा तरूण दल क्षेत्रीय सभापति खुसीजंग गुरूङ र नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी छन्। दुबै गम्भीर घाइते भएपछि प्रारम्भिक उपचारपछि चितवन रिफर गरिएको छ। बाँकी घाइतेहरू बेसीसहरस्थित जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
हालसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन। घटनासम्बन्धी किटानी जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ।
जेठ ३, २०८२ शनिबार २३:२१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।