कांग्रेस संसदीय दल : सरकारमा सम्मानजनक उपस्थिति नभएको भन्दै सांसदहरूले पोखे असन्तुष्टि

कांग्रेस संसदीय दल : सरकारमा सम्मानजनक उपस्थिति नभएको भन्दै सांसदहरूले पोखे असन्तुष्टि

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटबारे नेपाली कांग्रेस संसदीय दलले शनिबार नयाँ बानेश्वरमा बैठक बसेर छलफल गरेको छ। बैठकमा सहभागी सांसदहरूले बजेटका विषयमा आ-आफ्नो धारणा राखेका थिए।

पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकमा बजेटसहित विविध विषयमा छलफल भयो। ‘सांसदहरूले बजेट वितरण कसरी हुने भन्नेबारे प्रश्न उठाउनुभयो,’ उनले भने, "सबै क्षेत्र र समुदायलाई समान रूपमा समेट्ने गरी बजेट विनियोजन हुनुपर्छ भन्ने आवाज बलियो रूपमा उठ्यो।’

बैठकमा सांसदहरूले क्षेत्रगत सन्तुलन कायम गर्दै समावेशी र न्यायपूर्ण ढंगले बजेट वितरण हुनुपर्नेमा जोड दिएका थिए। गर्भनरको विषय पनि छलफलमा आएको जनाइएको छ।

त्यस्तै, ठूलो दल भएर पनि सरकारमा कांग्रेसको उपस्थितिलाई सम्मानजनक नभएको भन्दै सांसदहरूले असन्तुष्टि पोखेका छन्। 

कांग्रेस सांसदहरूका अनुसार पार्टीको हैसियतअनुसार सरकारमा अझ ठूला जिम्मेवारी पाउनु पर्ने माग पनि बैठकमा उठेको थियो।

जेठ ३, २०८२ शनिबार २०:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।